- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेपालकै पहिलो नाडा ईभी अटो शो, २०२२ आजदेखि शुरु भएको छ । काठमाडौंको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा बिहीबारदेखि आइतबारसम्म चार दिन चल्ने ईभी अटो शोमा ८ वटा चार पाङ्ग्रे ईभी ब्रान्डसहित १६ वटा तीन पाङ्ग्रे र दुई पाङ्ग्रे ब्रान्डको उत्साहपूर्ण सहभागिता छ ।
थप २३ वटा अटो कम्पोनेन्ट, स्पेयर पार्टस, टायर ट्युबसहित ४ वटा वित्तीय संस्थाले समेत अटो शोमा भाग लिने आयोजक नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालले जनाएको छ ।