arrow

तिम्लामा जिप दुर्घटना : एकको मृत्यु, पाँच जना गम्भीर

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज ७ शुक्रबार
accident-final.jpeg

दार्चुला । दार्चुलाको अपिहिमाल गाउँपालिका-५ तिम्लामा गए राति जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । पाँच जना गम्भीर घाइते भएका छन् । 

मृत्यु हुनेमा अपिहिमाल-६ का १८ वर्षीय दिनेशसिंह धामी छन् । उनको घट्नास्थलमै मृत्यु भएको अपिहिमाल गाउँपालिकाका अध्यक्ष भगतसिंह ठेकरेले जानकारी दिए ।

मार्मा गाउँपालिकाको लटिनाथबाट अपिहिमालको मकरीगाडतर्फ जाँदै गरेको म१ज २३३ नम्बरको जीप दुर्घटनामा परेको हो । जीप सडकबाट झण्डै २०० मिटर तल खसेको र त्यसमा चालकसहित नौजना सवार रहेका अपिहिमाल गाउँपालिका-५ का वडाध्यक्ष राजेन्द्रसिंह धामीले बताए । 

तीन जनाको प्रहरी र स्थानीयले सकुशल उद्धार गरेका छन् । घाइते पाँच जनाको लटिनाथ स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ