arrow

परराष्ट्रमन्त्री र ईयू टोलीबीच भेटवार्ता, मिलेर काम गर्न जोड

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज ७ शुक्रबार
narayan-khadka-eu-group.jpg

काठमाडौं । नेपाल भ्रमणमा रहेको युरोपेली युनियन ईयूको संसदीय प्रतिनिधिमण्डलले आज परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग भेटवार्ता गरेको छ । 

युरोपेली संसदकी उपसभापति इभलेन रेगनरको नेतृत्वमा आएको संसदीय प्रतिनिधिमण्डलले परराष्ट्रमन्त्रीसँग भेटवार्ता गरेको हो । 

भेटमा दुवै पक्षले बहुपक्षीयता र नियममा आधारित विश्व व्यवस्थाको प्रवद्र्धनका लागि मिलेर काम गर्नुपर्ने आवश्यकता औंल्याएका थिए । 

युरोपेली युनियनको संसदीय टोली नेपाल भ्रमणको शिलशिलामा बिहीबार काठमाडौं आइपुगेको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ