arrow

शताब्दी पुरुष सत्यमोहन जोशीलाई डेंगी, अस्पताल भर्ना

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज ७ शुक्रबार
satyamohan-Joshi.jpg
तस्बिर – फाइल ।

काठमाडौं । शताब्दी पुरुष सत्यमोहन जोशी अस्पताल भर्ना भएका छन् । विगत केही दिनदेखि निरन्तर कमजोर गरी खानामा अरुची भइ अस्वस्थ्य महसुस गरेपछि शुक्रबार किष्ट अस्पतालमा भर्ना भएका हुन् । 

अस्पतालका चिकित्सक तथा नर्सिङ टिम उनको निवासमा पुग्दा अघिल्लो दिनभन्दा कमजोर देखिएपछि अस्पताल ल्याएर भर्ना गरिएको अस्पतालले प्रेस विज्ञप्ति जारी गरी जनाएको छ । 

परीक्षण गर्दा उनलाई पिसाब संक्रमण, पुरानो छाती तथा मुटुको समस्या साथै हाल फैलिएको डेंगी संक्रमण पनि देखिएको अस्पतालले जनाएको छ । 

अवस्था चिन्ताजनक देखिए पनि डराइहाल्नु पर्ने स्थिति नरहेको पल्मोनोलोजिष्ट तथा इन्टरनल मेडिसिनका विभागीय प्रमुख प्रा.डा. मिलेश जंग सिजापतीले जानकारी दिएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ