- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
सिलगढी । हिन्दूहरुको महान् चाड वडादशैं तथा दिपावलीको पावन अवसरमा डोटीमा सुदूरपश्चिम प्रदेश स्तरीय ‘खप्तड–शैलेश्वरी गोल्डकप २०७९’ फुटबल प्रतियोगिता शुरु भएको छ ।
शनिबारदेखि भैरब प्रशाद गण सिलगढी, दिपायल सिलगढी नगरपालिका वडा–६ र जिल्ला अस्पताल डोटीको संयुक्त आयोजनामा सुदूरपश्चिम प्रदेश स्तरीय ‘खप्तड–शैलेश्वरी गोल्डकप २०७९’ फुटबल प्रतियोगिताको एक कार्यक्रमका बीच शुरु गरिएको हो ।
दिपायल सिलगढी नगर पालिकाका नगर प्रमुख बाजि सिं खड्काको प्रमुख आथित्यता तथा प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठ , दिसिनपा उप प्रमुख कल्पना महर साउद, भैरब प्रसारद गणका गणपति जनमत कार्की, निवर्तमान दिसिनपा प्रमुख मन्जु मलासी, डोटी उद्योग बाणिज्य संघ अध्यक्ष मोहन कलेल, राष्ट्रिय भलिबलका केन्द्रीय सदस्य राजबहादुर खड्का लगायतको उपस्थितिमा कार्यक्रमको उद्घाटन गरिएको हो।
स्वागत मन्तब्य राख्दै दिपायल सिलगढी नगरपालिका – ६ का वडाध्यक्ष नरेश मलासीले खेलकुद विकासमा ठूलो सहयोग पुग्ने बताए । यसले रीतिरिवाज, ब्यापार ब्यवसायमासमेत उल्लेख सहयोग हुने बताए ।
सुदूरपश्चिम स्तरीय फुटबल प्रतियोगितामा सात वटा टिमको सहभागिता रहेको छ । कैलाली, बाजुरा,अछाम, डोटी, डडेल्धुरा, भैरब प्रशाद गण र उद्योग बाणिज्य संघको टिम सहभागी रहेका छन् ।
खप्तड–शैलेश्वरी गोल्डकप २०७९’ मा प्रथम हुने टिमलाई एक लाख, दोस्रो हुनेलाई पचास हजारसहित ट्रफी प्रमाण पत्र प्रदान गरिने भैरब प्रशाद गणका गणपति जनमतबहादुर कार्की बताए ।
प्रत्येक खेलको म्यान अफ द म्याचले नगद पाँच सय रुपैयाँ, ट्रफी र प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीलाई नगद ५ हजार रुपैयाँ , ट्रफि पुरस्कारको व्यवस्था गरिएको कार्कीले जानकारी दिए ।
उनले भने, ‘प्रदेश स्तरीय फुटबल खेलले जिल्लाको कला ,संस्कृतिको पहिचान तथा फुटबल खेलको विकासमा महत्वपूर्ण भूमिका खेल्ने छ । यहाँको हामस्टेको प्रबद्र्धनका साथै व्यापार व्यवसायमा ठूलो टेवा पुग्ने छ ।’