arrow

फिफा भ्रष्टाचार प्रकरण चुलियो, दुई उपाध्यक्ष पक्राउ, थप १६ पदाधिकारीविरुद्ध मुद्दा

logo
हाम्रा कुरा
प्रकाशित २०७२ मंसिर १८ शुक्रबार
एजेन्सी । विश्व फुटबलको सर्वोच्च निकाय फिफा भ्रष्टाचार प्रकरण जटिल बन्दै गएको छ । अमेरिकी र स्वीस अधिकारीहले फिफा भ्रष्टाचारको छानबिन तिब्र पारेपछि एक पछि अर्को रहस्य खुल्न थालेको छ । विहिबार मात्रै स्वीट्जरल्याण्डमा फिफाका दुई उच्च अधिकारी पक्राउ परेका छन् ।
 
अमेरिकामा थप १६ पदाधिकारीविरुद्ध मुद्दा दर्ता भएको छ । अमेरिकाको वाशिङ्गटनमा रहेको न्याय विभागले नयाँ अभियोग जारी गरेको हो । विभागले अभियोग जारी गरेको केही घण्टामै स्वीट्जरल्याण्डको जुरिचमा दुई उपाध्यक्ष पक्राउ परेका हुन् । 
 
फिफा अध्यक्ष सेप ब्लाटर, महासचिव जेरोमी भाल्के, युरोपियन फुटबल प्रमुख मिचेल प्लाटिनीलगायतका केही उच्च अधिकारीहरुमाथि यसअघिनै छानबिन भइरहेका छ । 
 
अमेरिकी न्याय विभागले  जारी गरेको विज्ञप्तिमा पछिल्लो पटक थप १६ जनाविरुद्ध भ्रष्टाचार, सम्पत्ती शुद्धिकरण र संस्थागत जालसाझीलगायतका मुद्दा दर्ता भएको उल्लेख छ । 
 
मुद्दा खेप्नेहरुमा ब्रजिलियन फुटबल संघका अध्यक्ष मार्को पोलो डेल नेरो, पूर्व अध्यक्ष रिकार्डो टेक्सेरा, कोन्काकाफ अध्यक्ष अल्फ्रेडो हावित, पानामाका पूर्व फुटबल अधिकारी, होण्डुरस फुटबलका पूर्व अध्यक्ष छन् । यस्तै, ग्वोटेमालाका एफए प्रमुख, महासचिव, कार्यकारी समिति सदस्य गरी तीन अधिकारी कारबाहीको घेरामा परेका छन् ।
 
दक्षिण अमेरिका, उत्तर अमेरिका तथा क्यारेवियन राष्ट्रका वर्तमान तथा पूर्व फुटबल पदाधिकारीहरुविरुद्ध मुद्दा दर्ता भएको छ । 
 
अमेरिकी न्याय विभागले डेढ दशक यता विश्व फुटबल गतिविधिमा पदाधिकारीहरुले २० करोड अमेरिकी डलर बढी अनियमितता गरेको भन्दै छानविनलाई तिब्रता दिएको छ । अमेरिकी अटोर्नी जनरल लोरेटा लिन्चले भने,‘टिमप्रतिको विश्वासघात अपमानजनक भनिँदै छ ।’ आफुहरुको जाँचबाट बच्न कयौं प्रयत्न भइरहेका उनले बताए । हरेक दोषीलाई स्पष्ट भन्न जरुरी छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ