arrow

स्पेन घरमै पराजित, पोर्चुगलको फराकिलो जित, रोनाल्डोलाई चोट

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज ९ आइतबार
ronaldo-portugal-accident.jpg

काठमाडौं । यूईएफए नेसन्स लिग फुटबलमा स्पेन घरमै पराजित भएको छ । समूह चरण अन्तर्गत शनिबार राति भएको खेलमा स्पेनलाई स्वीट्जरल्याण्डले २–१ ले हरायो । 

खेलको २१ औं मिनेटमा म्यानुएल एकान्जीले गोल गर्दै स्वीट्जरल्याण्डलाई शुरुआती अग्रता दिलाएका थिए । खेलको ५५ औं मिनेटमा जोर्डी अल्बाले गोल गर्दै स्पेनलाई १–१ गोलको बराबरीमा ल्याए ।

५८ औं मिनेटमा ब्रेल एम्बोलोले गोल गर्दै स्वीट्जरल्याण्डलाई २–१ ले जिताए । स्पेन चार वर्षपछि पहिलो पटक घरेलु मैदानमा पराजित भएको हो ।

यस हारसँगै लिग ए समूह २ को स्पेनले ५ खेलमा ८ अंक जोडेको छ ।

स्पेन दोस्रो स्थानमा रहेको छ । स्वीट्जरल्याण्ड ६ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

५ खेलबाट ३ जित १ हार र १ बराबरीसहित १० अंकको पोर्चुगल शीर्ष स्थानमा रहेको छ । पोर्चुगलले शनिबारको खेलमा चेक गणतन्त्रलाई ४–० ले हरायो । पोर्चुगलका लागि डिएगो डालोटले ह्याट्रिक गरे । ब्रुनो फर्नान्डेसले एक गोल गरे । क्रिष्टियानो रोनाल्डोले भने गोल गर्न सकेनन् । उनले एक गोल असिस्ट गरेका थिए । 

रोनाल्डोलाई गम्भीर चोटसमेत लागेको छ । उनलाई मुखमा चोट लागेको हो । उनी गोलकिपर टोमस भाक्लिकसँग ठोक्किएका थिए । उनी खेलको १३ मिनेटमै ठोक्किएका थिए । तर उनले ९० मिनेटसम्मै खेले । 



नयाँ