arrow

नाडा ईभी एक्स्पोमा टाटा मोटर्सको आकर्षण [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज ९ आइतबार
tata-motors-tigor.jpg

काठमाडौं । टाटा मोटर्सको नेपालस्थित आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिंग प्रालिले नेपाली बजारमा नेपालकै पहिलो नाडा ईभी एक्स्पोमा आफ्ना नयाँ तथा अत्याधुनिक विद्युतीय गाडीहरु प्रदर्शनीमा राखिएको देखियो जसमा टिगोर ईभी, नेक्सन ईभी डार्क तथा नाडा ईभी एक्स्पोमा नै सार्वजनिक गरिएको नेक्सन ईभी प्राईम पनि थियो ।

चार दिनसम्म चल्ने एक्स्पोको आज अन्तिम दिन हो । टाटाको सहभागीता उत्साहजनक रहेको छ । ग्राहकको भीडले पनि टाटाको आकर्षण अझै बढेको देखाउँछ । यसअघिका तीन दिन कसरी बिते त टाटाका ? 

सिप्रदीका एक कर्मचारी भन्छन्, ‘पहिलो दिन नाडा ईभी एक्स्पोको उद्घाटनसँगै नेक्सन ईभी प्राईम सार्वजनिक गरियो । जसमा अवलोकन गर्न पुगेका ग्राहकहरुको एकदम उत्साहजनक प्रतिक्रिया पाइयो । न्यू फरेभरको अवधारणा अनुरुप निर्माण गरिएको यो गाडीमा मल्टी–मोड रिजेन, रिजेनमा स्वचालित ब्रेक ल्याम्प एक्टिभेसन, क्रुज कन्ट्रोल, टायर प्रेसर मनिटरिंग सिस्टम र ११० सेकेन्डको चार्जिंग टाइम आउट जस्ता समुन्नत विशेषताहरु छन् ।’

उनले अगाडि भने, ‘हामीले ईभी हेर्न आउनु हुने ग्राहकहरुमा गाडीको प्रविधि र बिक्री पश्चात्का सेवा सुविधाबारे बुझ्न आउनु हुने भेट्यौं जहाँ गाडीको बारे वहाँ हरु आफै जानकार हुनुहुन्थ्यो। गाडीको मूल्य भन्दा पनि चार्जिंग एप, चार्जिंग स्टेसन, चार्जर, र सर्भिसिंगको जिज्ञासा राख्नेहरुको जमात निकै भेटियो ।’ 

एक अवलोकनकर्ता भन्छन्, ‘ईभीमै स्पेयर टायरका साथमा चार्जिंग बक्स र चार्जिंग किट टाटा मोटर्सको तर्फबाट मात्रै भेटें मैले त । गाडी त निकै बलियो र राम्रो छ, चाँडै घर लैजान पाएको भए अझै रमाइलो हुने थियो ।’

काठमाडौँस्थित भृकुटीमण्डपको प्रदर्शनी हलमा राखिएका विभिन्न ब्राण्डका दुई पाङ्ग्रे तथा चार पाङ्ग्रे लगायत अटो पार्ट्सका स्टलहरु पनि राखिएका छन् ।

1.jpg
टाटामा मन
2.jpg
3.jpg
4.jpg
5.jpg
7.jpg
8.jpg
image005.png


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ