arrow

'मदन भण्डारी पार्टीभित्र फरक मत राख्नेहरूसँग सहकार्य गर्न सक्ने क्षमतावान् व्यक्तित्व'

आजको राजनीतिमा महान् सोच र संस्कार छैन

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज १० सोमबार
yogesh-bhattrai-minsiter-tourisum.jpg

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले जननेता मदन भण्डारी पार्टीभित्र फरक मत राख्नेहरूसँग पनि सहकार्य गर्न सक्ने क्षमतावान् विशाल व्यक्तित्व  भएको बताएका छन् । 

सोमवार राजधानीको एक कार्यक्रममा भट्टराईले जननेता भण्डारीको विचार महाधिवेशनबाट अत्यधिक बहुमतले पास हुँदा पनि आफ्नो विचारको विपक्षमा रहेका नेतालाई अध्यक्षमा प्रस्ताव गरेको स्मरण गर्दै आजको राजनीतिमा यस्तो महान् सोच र संस्कार नभएको बताए । 

एमालेमा फरक मत राखेका कारण भट्टराईलाई अध्यक्ष केपी शर्मा ओलीले पेल्ने गरेका छन् ।  उनले भने,' जननेता मदन भण्डारीको विचार महाधिवेशनबाट अत्यधिक बहुमतले पास हुँदा मनमोहन अधिकारी, सिपी मैनाली, झलनाथ खनाल जस्ता वरिष्ठ नेताहरू उहाँको विचारको विपक्षमा थिए । तर, जब उहाँको विचार हलमा पारित भयो र आफ्नो विचारको विपक्षमा विचार राख्ने नेतालाई बोलाएर मनमोहन अधिकारीलाई पार्टी अध्यक्षमा प्रस्ताव राख्नुभयो आजको राजनीतिमा यो दुर्लभ कुरा हो । पार्टीभित्र फरक मत राख्नेहरूसँग सहकार्य गर्न सक्ने त्यो विशाल व्यक्ति हो मदन भण्डारी ’

दुनियाँको कम्युनिष्ट आन्दोलनलाई नेपालको धर्तीमा जनविश्वास प्राप्त गर्ने गरी जनताको अभिमत प्राप्त गर्ने एउटा पार्टी सङ्गठन निर्माण गर्ने काम गरेको बताँउदैं कम्युनिष्ट आन्दोलनलाई लोकतान्त्रीकरण गर्ने र कम्युनिष्ट आन्दोलनलाई सामाजिक आन्दोलनमा रूपान्तरण गर्ने काममा मदन भण्डारीको योगदान रहेको बताए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ