arrow

पर्यटनमन्त्री जीवनराम श्रेष्ठ क्यानाडामा 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज १० सोमबार
jeevanram-shrestha-minister-cultural-tourism-2079.jpg
तस्बिर – फाइल ।

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठ अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ) को ४१ औं त्रैवार्षिक महासभामा भाग लिन क्यानडा प्रस्थान गरेका छन् । क्यानाडाको मड्रियल शहरमा भोलिदेखि शुरु हुने महासभामा १ सय ९३ देशका मन्त्री तथा उच्चपदस्थ अधिकारीहरु  सहभागी हुनेछन् ।

सम्मेलनमा मन्त्री श्रेष्ठले उड्डयन सुरक्षा क्षमता अभिवृद्धिमा नेपालले गरिरहेको प्रयासबारे विश्व समुदायलाई जानकारी गराउने छन् । साथै उनले हवाई सम्पर्क विस्तार, विमानस्थल स्तरोन्नती तथा नयाँ विमानस्थल निर्माण लगायत नेपालले उड्डयन क्षेत्रमा हासिल गरेका उपलब्धीबारे पनि महासभालाई जानकारी गराउने छन् । 

महासभामा पर्यावरण संरक्षण, उड्डयन सुरक्षा र सहजीकरण, उड्डयन क्षमता र दक्षता अभिवृद्धिका साथै हवाई यातायात र आर्थिक विकास लगायत उड्डयन नीति, रणनीति तथा यस क्षेत्रमा रहेका समस्या समाधानबारे छलफल हुनेछ । 

महासभा अक्टोबर ७ सम्म चल्नेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ