arrow

दशैंघरमा शुभ साइतमै राखियो जमरा [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज १० सोमबार
ghatasthapana-2079.jpg

काठमाडौं । काठमाडौंको हनुमानढोकास्थित दशैंघरमा सोमबार शुभ साइतमा जमरा राखिएको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले तोकेको सोमबार बिहान १०ः२३ बजेको शुभ साइतमा  हनुमानढोकास्थित दशैंघरमा जमरा राखिएको हो । 

सोमबारबाट नवरात्र शुरु भएको छ । जसअनुसार पहिलो दिन घरघरमा घटस्थापना गरिएको छ । हनुमानढोकाको दशैंघरमा जमरा राख्दा नेपाली सेनाको एक टोलीले मंगल धुन बजाएका थिए । हनुमानढोकामा हर्ष बढाईंसाथ जमरा राख्ने चलन छ ।  

गाईको गोबरले लिपेर तयार गरिएको पूजाकोठामा नदी तथा चोखो स्थानबाट ल्याएको बालुवामा विधिपूर्वक जौसहितका अन्न छरेर जमरा राख्न चलन छ । घटस्थापनाका दिन छरिएको जौको अंकुरणलाई दशैंको टीकाको दिन देवीको प्रसादको रुपमा जमरा ग्रहण गर्ने धार्मिक चलन रही आएको छ । 

साथै जमराघरमा दुर्गा देवीका तीनवटा रुप महाकाली, महालक्ष्मी र महासरस्वतीको नवरात्रभर विधिपूर्वक आह्वान गरी पूजा गरिन्छ ।  यस वर्षको दशैंको टीकाको उत्तम साइत १९ कात्तिक बुधबार बिहान ११ः५१ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।
 

_MG_8759.jpg
राखियो जमरा
_MG_8784.jpg
_MG_8791.jpg
_MG_8807.jpg
_MG_8811.jpg
_MG_8854.jpg
_MG_8856.jpg
_MG_8860.jpg
_MG_8871.jpg
_MG_8909.jpg
_MG_8920.jpg
_MG_8941.jpg
_MG_8944.jpg
307989049_1036245700404443_4829376520769321336_n-1-.jpg
308023602_1544914402633067_1898952169826531066_n.jpg
308039416_1210457273019747_5599035961841903816_n.jpg
308040408_399802295676864_6848834181025843788_n-1-.jpg
308197098_772753417362121_1326133292096085703_n-1-.jpg
308557377_1237392187101472_1024613844193768271_n.jpg
309224027_497725508502049_653408981712888471_n.jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ