arrow

दशरथ रंगशालामा साँझ नेपाल र बंगलादेश भिड्दै

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज ११ मंगलबार
nepal-bang-207-06-11.jpg

काठमाडौं । फिफा मैत्रीपूर्ण फुटबलमा आज नेपाल र बंगलादेश प्रतिस्पर्धा गर्दैछन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेल साँझ साढे ५ बजे शुरु हुनेछ । 

नेपाली टिमको कार्यबाहक प्रशिक्षकको जिम्मा प्रदीप हुमागाईले पाएका छन् । यस्तै कप्तानमा किरणकुमार लिम्बू फर्किएका छन् । दुवैले बंगलादेशविरुद्ध जित निकाल्नकै लागि खेल्ने बताएका छन् ।

गत ६ असारमा पंकजबिक्रम नेम्बाङ एन्फामा निर्वाचन भए यता नेपालले खेल्न लागेको पहिलो खेल हो ।

यस्तो छ हेड टु हेड– 
नेपाल र बंगलादेशबीच पछिलो समय २४ खेल भएको छ । जसमा बंगलादेश १२ खेलमा विजयी भएको छ । नेपालले ७ खेल जित्दा ५ खेल बराबरीमा टुंगिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ