arrow

गठबन्धनमा सिट बाँडफाँटको गाँठो, आन्तरिक न्याय नगर्दा कांग्रेस नेतृत्वलाई गलपासो

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज ११ मंगलबार
gathabandha-five-parties (1).jpg

काठमाडौं । सत्तारुढ गठबन्धन दलहरु लामो समयदेखि आगामी प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि सिट बाँडफाँट गर्न छलफलमा बसिरहेका छन् । कुन दललाई कति सिट दिने भन्नेबारेमा पुग्न महाभारत भइरहेकाले चुनावी परिणाम पनि अपेक्षाकृत नआउने शंका उब्जिएको छ । 

पछिल्ला हरेक बैठकलाई निर्णायक भन्दै आएका दलहरुले मंगलबारको बैठकलाई पनि निर्णायक नै भनिरहेका छन् । कांग्रेस सय सिटबाट असीदेखि पचासीसम्म खुम्चिने शंका छ । सिट बाँडफाँट गर्न गठित कार्यदलले दिएको सुझावसहित बैठकमा छलफल चलिरहेको छ ।  

कार्यदलले ८० प्रतिशत सिटमा सहमति जुटाएको दाबी गरिएको थियो भने बाँकी २० प्रतिशत सिटमा देखिएको समस्या समाधान गर्न शीर्ष तहमा छलफल भइरहेको छ । 

दुई हप्तादेखि नै नेकपा एसका सम्मानित नेता झलनाथ खनालले ८० प्रतिशत सिटमा सहमति जुटिसकेको बताएका थिए । तर अहिले पनि कुरा २० प्रतिशतमै अल्झिएको छ ।

यता आन्तरिक न्याय गर्ने लक्षण नल्याएपछि कांग्रेसलाई नै अप्ठेरो पर्ने देखिएको छ । कांग्रेसभित्रको डा. शेखर कोइराला पक्षलाई न्याय गर्न नखोजेपछि सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा अप्ठेरोमा परेका छन् । 

त्यतिमात्र होइन न्यायोचित व्यवहार नगरिए आगामी चुनावमा विद्रोह गर्ने चेतावनी कोइराला पक्षले दिएपछि अहिले गठबन्धनसमेत समस्यामा परेको छ । 



नयाँ