arrow

बंगलादेशविरुद्ध नेपालको सहज जित, अञ्जनको ह्याट्रिक

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज ११ मंगलबार
nepal-bang-207-06-11.jpg
तस्बिर – फाइल ।

काठमाडौं । नेपालले मैत्रीपूर्ण फुटबल खेलमा बंगलादेशलाई पराजित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको घरेलु मैदानमा नेपालले मंगलबार बेलुकी बंगलादेशलाई ३–१ ले हरायो । 

नेपाललाई जिताउन अञ्जन विष्टले ह्याट्रिक गरे । उनले मध्यान्तरअघि नै ह्याट्रिक गरेका थिए । उनी नेपालका लागि ह्याट्रिक गर्ने छैटौं खेलाडीसमेत बनेका छन् । बंगलादेशका सजाद होसेनले एक गोल फर्काए ।  

अञ्जनले १८ औं, २७ औं र ३८ औं मिनेटमा गोल गरेका थिए । उनको यो राष्ट्रिय टोलीका लागि दशौं गोलसमेत हो ।

खेलको ५५ औं मिनेटमा सजाद होसेनले गोल गर्दै बंगलादेशलाई ३–१ को स्थितिमा ल्याए । मध्यान्तरपछि भने नेपालले गोल गर्न सकेन । नेपालले फिफा इन्टरनेशनल विन्डो अन्तर्गत बंगलादेशविरुद्ध मैत्रीपूर्ण खेल खेलेको हो ।

यसअघि बंगलादेशविरुद्धका २४ मध्ये १२ खेल हारेको र ७ खेलमात्र जितेको नेपालले जित संख्यालाई ८ बनाएको छ । पाँच खेल भने बराबरीमा सकिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ