arrow

काठमाडौंका मेयर भन्छन् – ‘सडकमा पैदलयात्रीको पहिलो अधिकार’

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज १३ बिहिबार
Balen.jpg

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख वालेन्द्र साह बालेनले सडकमा पैदलयात्रीको पहिलो अधिकार रहने बताएका छन् । उनले सडकमा पैदलयात्रीको पहिलो अधिकारलाई स्थापित गराउन महानगरपालिकाले आफ्ना नीति तथा कार्यक्रम तर्जुमा गरेको बताए । 

बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै शाहले सहरको विकास, सुधार र समृद्धिका लागि कानून प्रदत्त अधिकार कार्यान्वयन गरेर नागरिक जीवनमा सुधारको महसुस गराउने महानगरको प्रतिबद्धता रहेको बताउँदै कायम नै रहेको उल्लेख गरे ।

शहरी सरसफाइलाई पूर्ण सरसफाइसम्म पुर्याउने, शहरी सुन्दरता कायम गराउने विषयलाई नीतिगत व्यवस्था गरेर कार्यान्वयनका लागि कार्यक्रम सञ्चालन गरिरहेका उनको भनाइ छ । 

आर्थिक वर्ष २०७९–०८० को वार्षिक नीतिअन्तर्गत पूर्वाधार विकास सम्बन्धी नीतिमा ‘पैदल यात्री सहज आवागमनका लागि फुटपाथको उपयोग सहज र सरल बनाइने र फुटपाथमा मानव आवतजावतबाहेकका सबै क्रियाकलापलाई निषेध गरिनेछ’ भन्ने व्यवस्था गरिएको विज्ञप्तीमा उल्लेख छ । 

शाहले पैदल यात्रीका लागि पर्वका समयमा फुटपाथ अझ बढी आवश्यक पर्ने र अन्य समयभन्दा यो बेला  जेष्ठ नागरिक, बालबालिका, अपाङ्गता भएका व्यक्ति, गर्भवती महिलाहरु किनमेलका घर बाहिर निस्कने समय बताउँदै उनीहरुको पैदल यात्रा सुरक्षा महानगरपालिकाको जिम्मेवारी रहेको स्पष्ट पारे । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ