arrow

फुटबल हिंसामा परी कम्तीमा एक सय उनान्तीसको मृत्यु, एक सय असी बढी घाइते

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज १६ आइतबार
indonesia-agitation-football-match.jpg

काठमाडौं । इन्डोनेसियामा फुटबल खेलका क्रममा भएको हिंसामा परी कम्तीमा १ सय २९ जनाको मृत्यु भएको छ । समाचार एजेन्सी रोयटर्सले इन्डोनेसियाली प्रहरीलाई उद्धृत गर्दै बताए अनुसार खेलका क्रममा भएको हिंसामा करिब १ सय २७ जनाको मृत्यु भएको हो ।  

इन्डोनेसियाको पूर्वी जाभा प्रान्तका प्रहरी प्रमुखको भनाई उद्धृत गर्दै रोयटर्सले आइतबार एक फुटबल खेलको क्रममा जम्मा भएको भीडमा भागदौड मच्चिंदा १ सय २९ जनाको मृत्यु भएको र १८० बढी घाइते भएको जनाएको छ ।

हार्ने पक्षका समर्थकहरूले मैदानमा प्रवेश गरेर खेलाडी तथा बिजयी पक्षधर समर्थकहरुलाई आक्रमण गरेका थिए भने अचानक देखा परेको भीड नियन्त्रण गर्न प्रहरीले अश्रु ग्यास तथा लाठी प्रहार गरेका थिए । 

सो गर्दा पनि नियन्त्रणमा आउन नसकेको हिंसामा परी १ सय २९ भन्दा बढी फुटबल दर्शकको मृत्यु भएको हो । 



नयाँ