दलहरु आन्तरिक छलफलमा, समानुपातिक बन्दसूची सच्याउने आज अन्तिम दिन
हाम्रा कुरा
प्रकाशित २०७९ असोज १६ आइतबार
2k
Shares
काठमाडौं । राजनीतिक दलहरु यतिबेला आन्तरिक छलफलमा रहेका छन् । निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि समानुपातिक बन्दसूचीमा भएको त्रुटी सच्याउन दलहरुलाई दिएको समय आज सकिँदै गर्दा दलहरु आन्तरिक छलफलमा जुटेका हुन् ।
सबैजसो दलले बुझाएको सूचीमा त्रुटी देखिएपछि आयोगले दलहरुलाई संशोधन गर्न पत्र लेखेको थियो । आयोगले यसअघि असोज २ र ३ गते बन्दसूची पेश गर्ने समय दिएको थियो ।
त्यसपछि उसले छानबिन गरी त्रुटी सच्याएर अन्तिम सूची पठाउन गत असोज ९ देखि आजसम्मको समय दिएको थियो । शीर्ष दलहरु भने समय ढप्काएर नै अन्तिम सूची बुझाउँदैछन् ।
आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि समानुपातिकतर्फ प्रतिनिधि सभाका लागि ४८ दलले बन्दसूची पेस गरेका थिए ।
निर्वाचन आयोग स्रोतका अनुसार ३६ दलले अन्तिमसूची बुझाइसकेका छन् भने १२ वटा दलले बुझाउन बाँकी छ ।