arrow

पोखरीमा डुबेर २७ बाँदर मरे

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज १६ आइतबार
bubera-mare-bandar.jpg

अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क–९ अर्घामा रहेको पोखरीमा २७ बाँदर मरेको अवस्थामा भेटिएका छन् ।

सन्धिखर्क–९ अर्घामा रहेको सिँचाइ पोखरीमा डुबेर ती मरेको स्थानीय बलराम रायमाझीले बताए । पहिला एउटा बाँदर पानी खान जाँदा पोखरीमा परेपछि सो बाँदरलाई बचाउन भनी जाँदा अन्य बादर पनि सोही ठाउँमा डुबेर मरेको हुनसक्ने स्थानीयको आशङ्का छ ।

पोखरी जङ्गलको बीचमा रहेका कारणले गर्दा बाँदर पोखरीमा पसेको थाहा हुन नसकेको र उद्धार पनि हुन नसकेको जनाइएको छ ।

जिल्ला वन कार्यालय अर्घाखाँचीका कर्मचारी दीपक पाण्डेको नेतृत्वमा गएको टोलीले निरीक्षण  गरेको र मरेका सबै बाँदरलाई जनप्रतिनिधि, प्रहरी र स्थानीयवासीका रोहवरमा व्यवस्थापन गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ