arrow

पारिवारिक कलहमा सुतेकै अवस्थामा आमा र काकाको हत्या 

logo
युवराज रेग्मी, 
प्रकाशित २०७९ असोज १६ आइतबार
Arrest-Crime.jpg

 
झापा । झापाको कमल गाउँपालिका २ मा खुकुरी प्रहार गरी दुई जनाको हत्या भएको छ।  कमल गाउँपालिका २ स्थित सिमलडाँगी निवासी ५० वर्षीया चन्द्रकला माझी र ५० वर्षीय सन्तबहादुर माझीको हत्या भएको प्रहरी कार्यालय झापाले जनाएको  छ । 

हत्यारा २३ वर्षीय चन्द्रबहादुर माझीले रहेको र चन्द्रले आमा चन्द्रकला र काका सन्तबहादुरलाई शनिबार राति १० बजे सुतिरहेकै ठाउँमै खुकुरी प्रहार गरी हत्या गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ । 

घटना भएलगत्तै ईलाका प्रहरी कार्यालय दमकको टोलीले चन्द्रबहादुरलाई घटनास्थलबाटै पक्राउ गरेको झापाका प्रहरी प्रमुख एसपी बिश्वमणी पोखरेलले बताए ।

पारिवारिक कलहका कारण चन्द्रबहादुरले आमा र काकाको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको साथै घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ