- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । अर्जेन्टिनी स्टार स्ट्राइकर गोन्जालो हिगुईनले फुटबल खेल जीवनबाट संन्यासको घोषणा गरेका छन् । अमेरिकी मेजर लिग सकर (एमएलएस) क्लब इन्टर मियामीबाट खेलिरहेका हिगुइनले सोमबार २०२२ को सिजन अन्त्यपछि संन्यास लिने घोषणा गरेका हुन् ।
३४ वर्षीय हिगुइन इटालियन क्लब युभेन्ट्सबाट २०२० मा मियामी आएका थिए । हिगुइनले युभेन्टस, नापोली, रियाल मड्रिडबाट खेलेका थिए । अर्जेन्टिनाका लागि भने ७५ खेलमा ३१ गोल गरेका छन् ।