- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । एएफसी यु–१७ एसियन कप फुटबल छनोट २०२३ अन्तर्गत बुधबार सम्पन्न पहिलो खेलमा नेपाल थाइल्यान्डसँग ३–० ले पराजित भएको छ ।
भियतनाममा जारी प्रतियोगिताको पहिलो खेलमा थाइल्यान्डलाई जित दिलाउन तोतावानले दुई र थानाक्रितले एक गोल गरे । ३०औं मिनेटमा तोतावानको गोलमा थाइल्यान्डले अग्रता लियो ।
६५औं मिनेटमा तातावानको व्यक्तिगत दोस्रो गोल गर्दा २–० को अग्रता बनायो । ७८औं मिनेटमा थानाक्रितले थाइल्यान्डका लागि तेस्रो गोल गरे । समूह ‘एफ’मा रहेको नेपालले शुक्रबार दोस्रो खेलमा घरेलु टोली भियतनाम र अन्तिम खेलमा आइतबार चाइनिज ताइपेईको सामना गर्नेछ ।
छनोटमा सहभागी ४४ टोलीलाई १० समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहको शीर्ष टोलीका साथै उत्कृष्ट ६ उपविजेता एसिया कप २०२३ का लागि छनोट हुनेछन् ।