arrow

लोसपा सत्ताधारी दलहरुसँगको गठबन्धनतिर, वार्ता सकारात्मक

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज २१ शुक्रबार
losapa-mahantha-rajendra-2078-12-21.jpg
तस्बिर – फाइल ।

काठमाडौं । संघीय निर्वाचनको उम्मेदवारी दर्ताको मिति नजिकिँदै गर्दा भएको सत्तारुढ गठबन्धन र लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) नेपाल बीचको वार्ता सकारात्मक दिशातर्फ अघि बढेको छ ।

जनता समाजवादी पार्टीले सिट बाँडफाँटमा असन्तुष्टि जनाउँदै सत्तारुढ गठबन्धन छाडेलगत्तै चुनावी गठबन्धनका लागि छलफल गर्न लोसपा नेपालका नेताहरु अपरान्ह बिहीबार प्रधानमन्त्री निवास पुगेका थिए ।

लोसपाका नेताहरु लोसपाका नेताहरु शरदसिंह भण्डारी, अनिल झा र जितेन्द्र सोनलले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनमोर्चा आवद्ध गठबन्धनका नेताहरुसँग छलफल गरेका थिए ।

छलफलमा उनीहरुले संघमा १५ सिट र प्रदेशमा मुख्यमन्त्री मागेको बताइएको छ। लोसपाका नेता जितेन्द्र सोनलका अनुसार आजै फेरि लोसपासँग गठबन्धनको छलफल हुनेछ ।



नयाँ