arrow

एमाले र जसपाबीच चुनावी गठबन्धन, लाग्यो उम्मेदवारको टुङ्गो 

logo
विवेक मिश्र, 
प्रकाशित २०७९ असोज २१ शुक्रबार
uml-jasapa.jpg

मोरङ । मोरङमा नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा) ले चुनावी गठबन्धन गर्दै उम्मेदवार टुंगो लगाएका छन् । ६ संघीय निर्वाचन र १२ प्रदेश निर्वाचन क्षेत्र रहेको मोरङमा एक संघीय निर्वाचन क्षेत्र र ३ प्रदेश निर्वाचन क्षेत्र जसपाले पाएको छ । एमालेले ५ संघीय र ९ प्रदेश निर्वाचन क्षेत्र लिएको छ ।

मोरङ क्षेत्र नम्बर १ मा घनश्याम खतिवडाले टिकट पाएका छन् । क्षेत्र नम्बर १ को प्रदेश निर्वाचन क्षेत्र (क) मा उमाकान्त गौमत र (ख) मा खड्ग बस्नेतले टिकट पाएका छन् ।

क्षेत्र नम्बर २ मा एमाले मोरङका अध्यक्ष ऋषिकेश पोखरेलले टिकट पाएका छन् । प्रदेश (क) मा डिबी कार्की र प्रदेश (ख) मा लिलाबल्लभ अधिकारी उम्मेदार बनेका छन् ।

३ बाट स्थायी कमिटी सदस्य तथा पूर्व मन्त्री भानुभक्त ढकालले टिकट पाएका छन् । उनी दोस्रो पटक यो क्षेत्रबाट उम्मेदवार बन्ने भएका छन् । यता प्रदेशमा किशोर राई र ज्ञानेन्द्र सुवेदीले टिकट पाएका छन् ।

क्षेत्र नम्बर ४ बाट एमालेले केन्द्रीय सदस्य विनोद ढकाललाई टिकट दिएको छ । एक प्रदेश क्षेत्र जसपालाई छाडेर अर्को क्षेत्रमा एमालेले जयप्रकाश चौधरीलाई उम्मेदवार बनाएको छ । जसपाबाट सन्जय सिंहले टिकट पाएको एमाले स्रोतले पूवेर्ली प्रेसलाई जानकारी दिएको छ ।

एमाले स्रोतका अनुसार मोरङ ५ जसपाले पाएको छ । यो क्षेत्रमा राजकुमार यादवले टिकट पाएका छन् । यो क्षेत्रमा पनि प्रदेशमा एक क्षेत्र जसपाका जयराम यादवलाई छाडेर अर्को क्षेत्रमा एमालेले सन्तोष शाहलाई टिकट दिएको छ । 

मोरङ ६ बाट पुनः लालबाबु पण्डितले टिकट पाएका छन् । यता प्रदेश (क) बाट रिता न्यौपानेले टिकट पाउँदा (ख) मा जसपाका राजेन्द्र गुप्ताले टिकट पाएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ