arrow

राप्रपाले काठमाडौंको उम्मेदवारी टुंग्यायो, संजय श्रेष्ठले गरे विद्रोह

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज २२ शनिबार
rpp-raprapa.jpg

काठमाडौं । राजेन्द्र लिङदेन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौंका १० वटै निर्वाचन क्षेत्रको उम्मेदवार टुंग्याएको छ । निर्वाचन आयोगमा मनोनयन दर्ता गर्नु एकदिन अघि काठमाडौं जिल्लाको १० वटै निर्वाचन क्षेत्रमा उम्मेवारी टुंग्याएको हो । 

राप्रपाको यो निर्णयपछि गायक संजय श्रेष्ठले राप्रपा छाडेको घोषणा गरेका छन् । उनले संसदीय चुनावको टिकट वितरणमा असन्तुष्टि जनाउँदै पार्टी छाडेको फेसबुक स्टाटसमार्फत जनाएका छन् । 

उनले स्टाटसमै स्वतन्त्र उम्मेदवारी दिने पनि बताएका छन् । उनले लेखेका छन्, ‘भोलि म आफू पनि स्वतन्त्र रुपमा मनोनयन पत्र दाखिल गर्दैछु । राप्रपालाई यदि म जस्तो व्यक्तिको यदि आवस्यकता छैन भने मेरो भन्नु केही छैन, म आफैँ राप्रपा छोडेको घोषणा गर्दैछु र म जस्ता हजारौंले आउने दिनमा यही क्रम दोहोर्‍याउने छन् । भोलिको दिनमा के हुन्छ भन्न सकिन्न ।’

उनले अध्यक्ष राजेन्द्र लिङ्देनले आफूलाई पहिले नै टिकट दिने प्रतिबद्धता जनाएको भए पनि वचनबाट पछाडि हटेको आरोप लगाएका छन् । 

यी हुन् काठमाडौंका राप्रपाका उम्मेदवारहरु–

क्षेत्र नं १ प्रतिनिधि सभातर्फ रवीन्द्र मिश्र 
प्रदेसभा क – नवीन शाही 
प्रदेसभा ख – यज्ञबहादुर शाह

क्षेत्र नं २ प्रतिनिधि सभातर्फ नवराज सिंखडा
प्रदेश सभा क – सुनील केसी
प्रदेश सभा ख – राजु विष्ट

क्षेत्र नं ३ प्रतिनिधि सभातर्फ गणेश गिरी
प्रदेश सभा क – चुण्डी लामा
प्रदेश सभा ख – आनन्दराम थापा

क्षेत्र नं ४ प्रतिनिधिसभातर्फ डा ठाकुरमोहन श्रेष्ठ
प्रदेश सभा क – ऋद्धि प्रताप जबरा
प्रदेश सभा ख – पूण्यलाल श्रेष्ठ

क्षेत्र नं ५ प्रतिनिधि सभातर्फ डा. रामप्रसाद उप्रेती
प्रदेश सभा क – राजेन्द्र प्रजापति
प्रदेश सभा ख – नवीन खड्का

क्षेत्र नं ६ प्रतिनिधिसभातर्फ विष्णुप्रसाद आचार्य
प्रदेश सभा क – जगत सागर महर्जन
प्रदेश सभा ख – चिरागमान सिंह कुँवर

क्षेत्र नं ७ .प्रतिनिधिसभातर्फ ध्रुबविक्रम मल्ल
प्रदेश सभा क – रोजिना गुरुङ 
प्रदेश सभा ख – लालकुमार लामा

क्षेत्र नं ८ प्रतिनिधि सभातर्फ प्रकाश रिमाल 
प्रदेश सभा क – केदार धमला
प्रदेश सभा ख – उद्धव थापा

क्षेत्र नं ९ प्रतिनिधि सभातर्फ देवेन्द्र प्रधान
प्रदेश सभा क – सरिता उप्रेती वा नुरज बज्राचार्य
प्रदेश सभा ख – दिलीप कार्की

क्षेत्र नं १० प्रतिनिधि सभातर्फ बलराम थापा
प्रदेश सभा क उमेश सापकोटा
प्रदेश सभा ख सूर्यबहादुर महर्जन



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ