arrow

मकवानपुरमा यी हुन् उम्मेदवारी दिने ठूला दलका नेताहरु, लौरो लिएर तीन जनाकाे उम्मेदवारी 

logo
रविन्द्र गौतम,
प्रकाशित २०७९ असोज २३ आइतबार
election-commission-makwanpur.jpg

मकवानपुर । मकवानपुरमा विभिन्न दलका उम्मेदवारले आज उम्मेदवारी दर्ता गराएका छन् । नेकपा एमाले मकवानपुरले आफ्नो उम्मेदवारी दर्ता गराएको छ । हेटौंडा २ स्थित निर्वाचन अधिकृतको कार्यालयमा आज दिउँसो एमालेका उम्मेदवारहरुले मनोनयन दर्ता गराएका हुन् ।

मकवानपुर क्षेत्र नम्बर २ मा प्रतिनिधि सभा सदस्यका लागि नेकपा एमालेका महेश बर्तौलाले उम्मेदवारी दर्ता गराएका छन् । पीपी गोले प्रस्तावक र सानु थापाको समर्थनमा उनले मनोनयन दर्ता गराएका हुन् ।  

त्यस्तै प्रतिनिधिसभा क्षेत्र नंबर १ अन्तर्गत प्रदेश क मा कमल विष्ट, ख मा एकालाल श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन् भने क्षेत्र नंबर २ को क मा विष्णु ढकाल र ख मा लालबहादुर थापाले मनोनयन दर्ता गराएका छन् ।  

प्रतिनिधिसभा तर्फ क्षेत्र १ मा भने राप्रपा नेपालका अध्यक्ष कमल थापाले उम्मेदवारी दर्ता गराएका छन् । त्यस्तै गठबन्धनको तर्फबाट प्रतिनिधि सभा क्षेत्र नम्बर–१ बाट नेपाली कांग्रेसकी महालक्ष्मी उपाध्याय (डीना) ले आफ्नो उम्मेदवारी दिएकी छिन् भने प्रतिनिधि सभा क्षेत्र नम्बर–२ मा नेकपा एकीकृत समाजवादीका विरोध खतिवडाले मनोनयन दर्ता गरेका छन् । 

त्यसैगरी क्षेत्र १ को प्रदेश सभा (क) मा नेकपा माओवादी केन्द्रका उम्मेदवार प्रेम बहादुर पुलामी, (ख) मा कांग्रेसका उम्मेदवार आनन्दराम पराजुलीले मनोनयन दर्ता गरेका छन् ।  

प्रदेशसभा क्षेत्र नम्बर २ क मा माओवादी केन्द्रकी कुमारी मोक्तान र क्षेत्र नम्बर २ ख मा नेपाली कांग्रेसका तर्फबाट ईन्द्रबहादुर बानियाँले मनोनयन दर्ता गरेका छन् । 

त्यस्तै राप्रपाका नेता दिपकबहादुर सिंहले पनि प्रतिनिधि सभा क्षेत्र नम्बर–१ बाट उम्मेदवारी दर्ता गराएका छन् । लौरो चुनाव चिन्ह अभियानका ३ जना उम्मेदवारले स्वतन्त्र तर्फबाट मनोनयन दर्ता गराएका छन् । 

मकवानपुर क्षेत्र नम्बर–१ बाट प्रत्यक्षतर्फ प्रतिनिधि सभामा दीपेन्द्र चन्द ठकुरीले उम्मेदवारी दर्ता गराएका छन् । त्यस्तै प्रदेश सभातर्फ मकवानपुर–१ (ख) स्वतन्त्र उम्मेदवार किशोर अर्याल र मकवानपुर–१ (क) प्रदेशसभातर्फ किशोर रानाले उम्मेदवारी दर्ता गराएका हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ