arrow

अदालत लगिँदै बलात्कार आरोपी सन्दीपलाई 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज २४ सोमबार
sandeep-arrest.jpg
तस्बिर – फाइल ।

काठमाडौं । बलात्कार आरोपी क्रिकेटर सन्दीप लामिछानेलाई म्याद थपका लागि आज जिल्ला अदालत लगिँदैछ । नाबालिगमाथि जबरजस्ती करणी गरेको जाहेरीका आधारमा गत बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ परेका लामिछानेलाई म्याद थपका लागि आज काठमाडौं जिल्ला अदालतमा उपस्थित गराउन लागिएको हो ।  

दशैं बिदाका कारण अदालत बन्द रहेकाले आजमात्रै म्याद थपका लागि अदालत लैजान लागिएको हो । गत भदौ ५ गते १७ वर्षीया नाबालिगमाथि जबरजस्ती करणी गरेको भन्दै भदौ २१ गते प्रहरी वृत्त गौशालामा सन्दीपविरुद्ध जाहेरी परेको थियो ।

उनी भदौ ६ गते नै केन्याविरुद्ध खेल्न गएका थिए । भदौ २१ गते उजुरी परे पनि अर्को दिन अदालतले उनलाई झिकाउन आदेश दिएको थियो । 

उनी नेपाल आउँछु भन्दाभन्दै लुकेर विदेशमै बसेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ