arrow

गाउँ माथिबाट पहिरो जाँदा ८ जना बेपत्ता, २५ परिवार विस्थापित 

logo
नृपेन्द्र बहादुर मल्ल,
प्रकाशित २०७९ असोज २४ सोमबार
mugu-pahiro.jpg

मुगु । एक साता यताबाट परेको पानीले गाउँ माथिबाट पहिरो आउँदा ८ जना बेपत्ता भएका छन् भने २५ घर विस्थापित भएका छन् ।

छायानाथ रारा नगरपालिका वडा न ११ तलिसालिम गाउँमा आइतबार दिउँसो गाउँ माथिबाट पहिरो आउँदा गाउँका २ घरमा छोपिन गई घर भित्र रहेका ८ जना बेपत्ता भएका र पहिरोले घरहरूमा क्षति पुर्याउदा २५ घर परिवार विस्थापित भएका हुन ।
 
वडा अध्यक्ष कुन्जुमा कुमाइले दिएको जानकारी अनुसार बेपत्ता हुनेमा गोरिकला बोहोरा (८२),हाजिरी भग्री (६०),होइजाली भग्री (३०),सुस्मिता भग्री (१५),वीर बहादुर भग्री (३६),सत्ता सावत(२४),किस्न सावत(२३) र चक्रवीर बोहोरा (१५) रहेका छन् । भने २५ घरका परिवार विस्थापित भएका छन् ।

विस्थापित परिवारलाई गाउँ मै रहेको प्रभात माध्यमिक विद्यालयमा राखेको र अहिलेसम्म सहयोग र उद्धारका गाउँमा कोही नपुगेको वडा प्राविधिक जितेन्द्र कुमाइले बताए ।

एक साता यताबाट जिल्ला फोन, विद्युत्, इन्टरनेट सबै विहीन भएकाले वर्षाले जिल्लामा कहाँ कहाँ के कति क्षति भयो त्यो बाहिर आउन सकेको छैन । वर्षाले नगरपालिकाको गमगाडमा रहेका काठे साँघु, झोलुङे पुल सबै बगाएको छ भने गमगाढ वितरण केन्द्रमा क्षति पुर्याउदा विद्युत् अवरुद्ध भएको छ । 

वडा न ८ झयारी गाउँ वडा न ७ टोप्ला गाउँ वडा न ४,५ ढुम र भियालवाडा गाउँ र सदरमुकाम गमगढिको कालिका मालिका दक्षिण खण्डमा वर्षाले क्षति पुर्याउदा करिब ५०० परिवार विस्थापित भएको स्थानीय हस्तबहादुर मल्लले बताए । 

खराब मौसम र गाउँघर तिर जाने खोलानालामा रहेका सबै पुल,साँघु बगाएको र सञ्चार सुविधा केही नहुँदा उद्धारका लागि घटना स्थल हरूमा खटिएको सुरक्षा टोलीलाई जान कठिन भइरहेको प्रमुख जिल्ला अधिकारी रोम बहादुर महतले बताए ।

नेपाल विद्युत् प्राधिकरणको गमगाढ वितरण केन्द्रका पावर हाउस लगायत संरचना सबै गमगाढ खोलामा आएको बाढीले बगाएको प्रजिअ महतले बताए । उक्त वि धुत गृहबाट ५०० किलोवाट वि धुत उत्पादन भएको थियो । नगरपालिकाका करिब ३००० घर लाभान्वित थिए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ