arrow

पहिरोमा पुरिएर चार जनाको मृत्यु, पाँच घाइते

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज २५ मंगलबार
pahiro-humla-kharpunath.jpg

हुम्ला । हुम्लाको चङ्खेली गाउँपालिका–६ स्थित मासीधारामा आइतबार रातिको पहिरोमा पुरिएर चार जनाको मृत्यु भएको  छ । ती चारै जनाको पहिचान खुलिसकेको र उनीहरू एउटै परिवारको रहेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ । 

पहिरोमा पुरिएर ६० वर्षीया तुलसा, सात वर्षीय वसन्त , नौ वर्षीया सुस्मिता  र १२ वर्षीया हैजाली विकको मृत्यु भएको प्रहरी नायब उपरीक्षक कृष्णराज ओझाले जानकारी दिए ।
 
पहिरोमा परेर पाँच घाइते भएका छन् । घाइते हुनेमा ३८ वर्षका देउच्या , ३६ वर्षीया अङ्गती , १४ वर्षीया मनिका , १२ वर्षीया निरुता  र तीन वर्षीय तवेन्द्र विक  छन् । घाइतेमध्ये अङ्गतीको अवस्था गम्भीर छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ