arrow

सिरियाका शिविरबाट भीख मागिरहेकाहरुको पैसा खाएर धनी हुँदै टिकटक

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज २६ बुधबार
tiktok.jpg

काठमाडौं । विस्थापित भएर सिरियाली शिविरमा बसिरहेका परिवारहरूले टिकटकमा लाइभ गएर मागिरहेको चन्दाको ७० प्रतिशत टिकटक आफूले राखिरहेको बीबीसीको एक खोजले फेला पारेको छ ।

सिरियाली शिविरमा रहेका बालबालिकाहरू नगदमा रुपान्तरण गर्न सकिने डिजिटल गिफ्टहरु माग्दै लाइभ स्ट्रिमिङ गरिरहेका छन् । बीबीसीले लाइभ स्ट्रिमिङमा बालबालिकाहरुले एक घण्टामा एक हजार अमेरिकी डलरसम्म पाएको तर सो पैसाको सानो हिस्सा मात्रै टिकटकले उनीहरुलाई दिइरहेको फेला पारेको हो ।

टिकटकले भने 'शोषक भीख माग्ने' विरुद्ध तुरुन्त कारबाही गर्ने बताएको छ। कम्पनीले यस प्रकारको सामग्रीलाई यसको प्लेटफर्ममा अनुमति नदिनेसमेत भनेको छ । कम्पनीले लाइभको डिजिटल उपहारहरुबाट ७० प्रतिशत भन्दा कम रकम राखिरहेको बताए पनि यकिन कटौती गर्ने हिस्सा भने बताएको छैन ।

यस वर्षको शुरुमा टिकटक प्रयोगकर्ताहरुले लाइभबाट सिरियाली शिविरमा  रहेकाहरुका लागि यसरी पैसा उठाइरहेको देखेका थिए । यद्यपि धेरैले यसरी गठीसमेत हुन थालिएको शंका गरेका छन् ।

उत्तर पश्चिम सिरियाका शिविरहरुमा बीबीसीले बीचमा रहने व्यक्तिहरुले शिविरमा रहेकाहरुलाई लाइभ जानको लागि मोबाइल फोन उपलब्ध गराएर सिकाउने गरेकोसमेत फेला पारेको छ । ती मिडिलम्यानहरुले आफूहरुले चीन र मध्यपूर्वमा रहेका टिकटक कम्पनीसँग आवद्ध रहेको बताउने गरेका छन् ।

टिकटकले भूगोलका आधारमा कन्टेन्ट सजेस्ट गर्ने गर्छ । ती मध्यस्थकर्ता व्यक्तिहरुले भने बेलायती सीम कार्ड प्रयोग गर्ने गरेको बताएको बीबीसीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ