arrow

कोरिया र इजरायल पठाउने निर्णय असत्य 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज २७ बिहिबार
south-korea.jpg

काठमाडौं ।  नेपाल उद्योग वाणिज्य महासङ्घले दक्षिण कोरिया र इजरायलमा प्रशिक्षार्थी कामदार पठाउने सम्बन्धमा कुनै पनि निर्णय नगरेको प्रष्ट पारेको छ । 

महासङ्घले एक विज्ञप्ति जारी गर्दै कृषि उद्यम केन्द्रमार्फत दक्षिण कोरिया र इजरायलमा कृषि क्षेत्रमा प्रशिक्षार्थी पठाउने भन्ने सम्बन्धमा विभिन्न सञ्चारमाध्यम एवं सामाजिक सञ्जालमा आएका सूचना एवं समाचार सत्य नभएको जनाएको हो । 

ती मुलुकमा प्रशिक्षार्थी कामदार पठाउनेबारे कुनै पनि कार्यक्रम नरहेको महासङ्घले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ