arrow

सन्दीप थप पाँच दिन हिरासतमा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज २७ बिहिबार
sandeep-lamichhane-arrest.jpg

काठमाडौं । बलात्कार आरोपमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछानेलाई थप पाँच दिन हिरासतमा  राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति प्राप्त भएको छ । जिल्ला अदालत काठमाडौंले नेपाली क्रिकेट टोलीका पूर्व कप्तान लामिछानेलाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । 

यसअघि अदालतले सात दिन न्यायिक हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो ।  गत भदौको पहिलो साता एक बालिगलाई सिनामङ्गलको होटलमा बलात्कार गरेको सन्दीपमाथि आरोप छ । गत २१ भदौमा एक नाबालिगका आफन्तले सन्दीपविरुद्ध बलात्कारको उजुरी प्रहरी वृत्त गौशालामा दर्ता गराएका थिए । 

जाहेरीमा उनले आफूलाई भदौ ५ मा गाडीमा राखेर नगरकोट पुर्‍याएको, त्यही साँझ अबेर फर्किएर तिलगंगाको एक होटलमा लगेर बलात्कार गरेको उल्लेख गरेकी छन्।

प्रहरीले उजुरीमा उल्लेख गरिएको होटलका सीसीटीभी फुटेजको समेत अनुसन्धान गरेको छ । प्रहरीले काठमाडौं इन होटलको ‘सीसीटीभी फुटेज’ मा किशोरीले दाबी गरेकै समयमा दुवै जना होटेलभित्र प्रवेश गरेको र बिहान ६ बजे बाहिरिएको देखिएको छ। 

होटलमा बसेको भोलिपल्टै लामिछाने क्यारेबियन प्रिमियर लिग (सिपिएल) खेल्न वेस्टइन्डिजमा पुगेका थिए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ