arrow

नगरी काम पुग्दैन खान साँझ र बिहान (तस्बिर)

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज २९ शनिबार
paddy-cutting-2079.jpg

काठमाडौँ। मङ्सिर लाग्नै लाग्दा किसान पनि धान भित्र्याउने चटारोमा छन्। दसैँ मनाई वरी अहिले किसानको दैनिकी खेतमै बित्ने गरेको छ। दसैँको रमझम सकिए लगत्तै भक्तपुरको चाँगुनारायणका किसान पनि धान भित्र्याउनमै व्यस्त छन्। प्रमुख बाली धान पाकेसँगै नेपाली किसान धान काट्न, चुट्न तथा थन्क्याउन व्यस्त भएका हुन्।

मनसुन लम्बिएर भएको लगातारको वर्षाले धान भिजाएपछि काट्न भने केही समस्या भएको छ। अर्थात् यसपालि मनसुन ढिलासम्म रहेकाले पनि किसानले समयमै धान भित्र्याउन नपाएका हुन्।

मौसमले साथ नदिए पनि किसानले ओभानो ठाउँको धान उठाउन थालेका छन्। मानोबाट मुरी भित्र्याउने बेला झरी पर्दा खेतमा धान लत्रिएको हुँदा किसानलाई केही अप्ठ्यारो भने पक्कै भएको छ। यद्यपि यस वर्ष समयमै वर्षा भएका कारण धानको उत्पादन बढ्ने अनुमान छ। हेरौँ चाँगुनारायणका किसानका खेतमा झुलेका पहेँलपुर धान स्याहार्न थालेका सर्वसाधारणका तस्बिर : 

Winnowing Paddy 1.JPG
Winnowing Paddy 2.JPG
Winnowing Paddy 3.JPG
Winnowing Paddy 4.JPG
Winnowing Paddy 5.JPG
Winnowing Paddy 6.JPG
Winnowing Paddy 7.JPG
Winnowing Paddy 8.JPG
Winnowing Paddy 9.JPG


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ