arrow

नरैनापुर गाउँपालिका अध्यक्षलाई थप उपचारका लागि भारतको लखनउ लगियो

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज ३० आइतबार
shan.jpg

नेपालगन्ज । नेपालगञ्ज मेडिकल कलेजमा शनिवारदेखि उपचाररत नरैनापुर गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहलाई थप उपचारका लागि आइतबार बिहान भारतको लखनाउ लगिएको छ ।

अध्यक्ष इस्तियाक अहमद शाहलाई इन्फ्लुएन्जा संक्रमण पुष्टि भएपछि थप उपचारका लखनउ रिफर गरिएको मेडिकल कलेज नेपालगञ्जका फिजिसियन डा. आसिम किदवाईले बताए ।

डाक्टर किदवाईका अनुसार छाती दु:खाई ज्वरो र खोकीको समस्या देखिएपछि अस्पतालमा भर्ना गरी उपचार सुरु गरेको बताउँदै उनले भने-'खोकी र ज्वरो कम नभएपछि इन्फ्लुएन्जाको आशङ्कामा स्वाब परीक्षण गरेपछि इन्फ्लुएन्जा पोजेटिभ देखिएको हो ।'

इन्फ्लुएन्जा देखिए पनि कुन प्रकारको इन्फ्लुएन्जा हो त्यसको परीक्षण गर्ने किट नभएकोले रिफर गर्नुपरेको डाक्टर केदवाइले बताए । अध्यक्ष शाहलाई फिजिसियन डा. किदवाई नेतृत्वको टोलीले उपचार गरेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ