arrow

घरदैलोलाई प्राथमिकता दिँदै प्रदीप पौडेल

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज ३१ सोमबार
pradip-poudel-ghardailo-2079-06-31.jpg

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले काठमाडौं–५ मा चुनावी प्रचारप्रसारलाई तीव्रता दिँदै गएका छन्। पार्टीले प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारका रुपमा अघि सारेपछि उनी चुनावी प्रचारप्रसारलाई तीव्र रुपमा अघि बढाउन थालेका हुन् । 

काठमाडौं जिल्लामा सत्ता गठबन्धनका तर्फबाट प्रतिनिधि सभातर्फ उम्मेदवारी दिएका अन्य नेताहरुले चुनावी अभियान थाल्दै गर्दा पौडेलले काठमाडौं–५ मा घरदैलो शुरु गरिसकेका छन् । 

घरदैलो अभियानका क्रममा सोमबार उनले काठमाडौं महानगरपालिका–४ मा पर्ने रिङरोड बाहिरको क्षेत्रमा घरदैलो गरेका छन् । नेता पौडेल देउडा गायक नन्दकृष्ण जोशीलाई साथमा लिएर उक्त क्षेत्रमा मतदाता भेटघाट गरेका छन् । 

पौडेलले असोज २४ गतेबाट काठमाडौं महानगरपालिका–५ हाँडीगाउँबाट मतदाता भेट्घाट शुरु गरेका हुन् । काठमाडौं महानगरपालिकाका २, ३, ४ र ५, बूढानीलकण्ठ नगरपालिकाका ३, ४, ५, ६, ७ र टोखा नगरपालिकाका २, ३, ४, ५, ६, ७ नम्बर वडाहरुको भूगोल समेटेर काठमाडौं–५ निर्धारण गरिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ