arrow

ओलीलाई लाइनमा ल्याउँदै

केपी ओलीलाई सम्झाउँदै प्रतिस्पर्धी डा अधिकारी, डिबेट आफूसँग गर्न चुनौती 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक २ बुधबार
kp-oli-khagendra-adhikari.jpg

झापा । नेपाली कांग्रेसबाट झापा क्षेत्र नं ५ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार डा. खगेन्द्र पाण्डब अधिकारीले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई आफूसँग ‘डिबेट’ गर्न चुनौती दिएका छन् ।

उम्मेदवार अधिकारीले सामाजिक सञ्जालमार्फत आफू ओलीसँग जुनसुकै विषयमा डिबेट गर्न तयार भएको उल्लेख गरेका छन् । एमाले अध्यक्ष ओली र आफू यसै क्षेत्रका प्रतिष्पर्धी उम्मेदवार भएकाले क्षेत्रका समस्या, एजेण्डाका विषयमा डिबेट गर्न तयार भएको बताएका हुन् ।

उनले भनेका छन्, ‘ओलीजी, किन टाढाका ब्यस्त नेतासँग अनलाइनमा दोहोरी खेलेर समय बर्वाद गर्न चाहनुहुन्छ ? कुन विषयमा, कति समय डिबेट गर्ने हो ? आउनुस् ,जुममा होइन लाइभ मै दमकमै बसेर आमने सामने टेबल टक गरौँ । म टेबलटक मात्रै हैन निर्वाचनमा टक्कर गर्न र यसपटक तपाईलाई परास्त गर्न तपाईकै क्षेत्रमा खडा भएको छु ।’

ओलीले नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासँग आफू डिबेट गर्न चुनौती दिएसँगै डा. अधिकारीले त्यसको जवाफ दिदै थप चुनौती दिएका हुन् ।

को हुन् ओलीका प्रतिस्पर्धी डा. अधिकारी ? 

झापाका पाँच वटा संघीय निर्वाचन क्षेत्रमध्ये सबैभन्दा बढी राजनीतिक वृतमा चर्चा पाउँदै आएको झापा क्षेत्र नं ५ मा यसपटक पनि डा. खगेन्द्र अधिकारी एमाले अध्यक्ष ओलीसँग चुनावी मैदानमा उत्रिएका छ्न् ।

संघीय सांसदका लागि ओलीसँग बलियो प्रतिस्पर्धा गरेर कांग्रेस, माओवादी केन्द्र, नेकपा एससहितको सत्ताधारी दलीय गठबन्धनको जित सुनिश्चित गर्न आफू प्रतिस्पर्धामा आएको अधिकारीले बताउदै आएका छ्न् ।

उनी आफू कांग्रेसको एक इमान्दार सिपाही भएकाले पार्टीले दिएको जस्तोसुकै जिम्मेवारी पूरा गर्न लागिपर्ने बताउँछन् । गत निर्वाचनमा स्थायी प्राध्यापकको जागिर छोडेर अधिकारी राजनीतिमा होमिएका थिए । 

अघिल्लो निर्वाचनमा एमाले र माओवादीबीच चुनावी एकता हुँदा कांग्रेस एक्लै मैदानमा थियो । त्यतिबेला अधिकारीले २८,२९७ मत ल्याएका थिए । यसपालि ओलीलाई सजिलै हराउने उनको दाबी छ । 

अघिल्लो निर्वाचनमा लोकप्रिय मत प्राप्त गरेका अधिकारी कांग्रेस भित्रका सबै गुट उपगुटहरुको अन्त्य हुन आवश्यक भएको बताउँछन् । आसन्न निर्वाचनमा आफ्नो क्षेत्रमा गठबन्धन दलको जित हुने संकेतहरु प्रशस्तै देखिएका बताउँदै उनले आफू संघीय सांसदको लागि तयार रहेको र केपी ओलीलाई हराएर छाड्ने बताएका छन् । 

उनी भन्छन्, ‘सबै जनताको साथ, सहयोग र सहकार्यबाट नै हामी यहाँ चुनाव जित्छौं । त्यो संकेत स्थानीय चुनावको परिणामले पनि देखाइसकेको छ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ