arrow

देखासिकी राजनीतिः केपी ओली देउवासँग लाइभ डिबेटमा आउन तयार 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक १ मंगलबार
deuba-oli-2022.JPG
तस्बिर – फाइल ।

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले एजेन्डामा आधारित बहसका लागि प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग लाइभ डिबेटमा आउन तयार रहेको बताएका छन् ।

आगामी प्रदेश र प्रतिनिधि सभा निर्वाचनलाई मध्यनजर गर्दै धेरैले सामाजिक सञ्जालमा आफू र प्रधानमन्त्री देउवालाई लाइभ डिबेटमा आउन सुझाव दिएको उल्लेख गर्दै उनले त्यसका लागि आफू तयार रहेको बताएका हुन् । 

मंगलबार दिउँसो सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै पूर्वप्रधानमन्त्री ओलीले निर्वाचनका समयमा पश्चिमा देशहरूमा यस्तो डिबेट हुने गरेको उल्लेख गर्दै आफू त्यसका लागि तयार रहेको बताएका छन् ।

‘सामाजिक सञ्जालमा रहेका धेरै साथीहरुले ‘लाईभ डिबेट’ मा आउन आग्रह गर्नु भएको छ। धेरैजसोले मेरो र नेकाँका सभापति शेरबहादुर देउवाजीबीच एजेण्डा आधारित बहसका लागि सुझाव दिनु भएको छ। निर्वाचनको समयमा पश्चिमा देशहरुमा यस्तो डिबेट हुने गरेको छ । 
म त यसका लागि तयार छु, देउवाजी नि !’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ