arrow

बलात्कार आरोपमा सन्दीप लामिछानेलाई थप चार दिन हिरासतमा राख्न अनुमति

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक २ बुधबार
sandeep-arrest.jpg
तस्बिर – फाइल ।

काठमाडौं । बलात्कार आरोपी नेपाली क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछाने थप चार दिन हिरासतमा रहने भएका छन् । जिल्ला अदालत काठमाडौंले बुधबार थप अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले चार दिन हिरासतमा राख्न अनुमति दिएको हो ।

प्रहरीले थप अनुसन्धानका लागि सात दिनको माग गरेको भए पनि अदालतले चार दिनमात्र थप गरेको हो । आगामी आइतबार प्रहरीलाई प्रतिवेदनसहित उपस्थित हुन भनिएको छ ।यसअघि जिल्ला अदालत काठमाडौंले असोज २४ गते २० गतेबाट गणना हुने गरी ७ दिनका लागि म्याद थप गरेको थियो । त्यसपछि असोज २७ गते अदालतले दोस्रो पटक ७ दिन म्याद थप गरेको थियो ।

गत भदौ २१ गते एक १७ वर्षीया एक नाबालिगले लामिछानेविरुद्ध जबर्जस्ती करणीको आरोपमा काठमाडौं प्रहरी वृत्त गौशालामा जाहेरी दिएकी थिइन् । जाहेरीमा उनले आफूलाई भदौ ५ मा गाडीमा राखेर नगरकोट पुर्‍याएको, त्यही साँझ अबेर फर्किएर तिलगंगाको एक होटलमा लगेर बलात्कार गरेको उल्लेख गरेकी छिन् । 

सन्दीप भने भदौ ६ गते नै केन्यासँग टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखला खेल्न राजधानी नैरोबी गएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ