arrow

धनतेरसमा सुनचाँदी र भाँडा पसलमा भीड [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक ५ शनिबार
gold-pasal.jpg

काठमाडौं । प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि शुरु हुने नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि शुरु भएको छ । कार्तिक कृष्ण त्रयोदशी तिथि परेकाले आज शनिबार बेलुकी यमदीपदान शुरु गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । 

यस वर्ष यमदीपदान आजदेखि शुरु हुने भए पनि काग तिहार कात्तिक ६ गते आइतबार परेको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिए । बेलुकी त्रयोदशी तिथि परेका दिन यमदीपदान शुरु हुन्छ ।

यमपञ्चकका अवसरमा यमदीप दान गरे यमयातनाबाट मुक्ति पाइने शास्त्रीय मान्यता छ । यसैगरी धनत्रयोदशी (धनतेरस) पर्व पनि आजै परेको छ । धनवन्तरी जयन्ती भने कात्तिक ६ गते आइतबार परेको छ । 

धनतेरसका दिन घरमा तामा, सुन, चाँदी, पित्तल जस्ता धातुका सरसामान किने शुभ मानिन्छ । यही कारण बजारमा धातुका सरसामान किन्नेको भीड लागेको छ । 

विशेषगरी भाडा पसल र काठमाडौंको ईन्द्रचोक भिडभाड धेरै नै हुने गर्छ । शनिबार बिहान ईन्द्रचोकमा भीड देखिएको थियो । त्यस्तै धनतेरसका अवसरमा न्युरोडको सुन पसलमा सुनचाँदी किन्नेको भीड लागेको छ । 

300511562_3289055388013666_6219660097422327525_n.jpg.jpg
धनतेरस
301586207_1071903643502672_7350507538666071001_n.jpg.jpg
305056112_1088405898488154_8254526686931989532_n.jpg.jpg
305428727_910045369959652_4066239727410332581_n.jpg.jpg
312021781_671461567619758_6224962896313293203_n.jpg.jpg
312259635_485744040178950_310159509621299058_n.jpg.jpg
312262240_808593263680391_5633065025297197672_n.jpg-1.jpg
312299614_474705457959297_5517360327940116830_n.jpg.jpg
312310448_678905826804940_7736100994641214_n.jpg.jpg
312343665_632983265170508_1605033413475065426_n.jpg.jpg
312415300_413309440999834_4208612843304885316_n.jpg.jpg
312456058_657577519338631_9220084370932232464_n.jpg.jpg
312492831_521388646077197_3831581490582306885_n.jpg.jpg
bhada-pasal.jpg
gold-pasal.jpg
300301397_1101467197190706_7555852314575959312_n.jpg.jpg
300311053_1175459110017165_5739648273924653369_n.jpg.jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ