arrow

अर्जुननरसिंह केसीको प्रश्न – संसद विघटन गर्ने एमालेलाई भोट दिनुको औचित्य के ?

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक ५ शनिबार
arjun-narasingh-kc-2079-congress.jpg

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले स्थायी सरकार र जनताको न्यायको लागि गठबन्धनका उम्मेदवारलाई भोट दिन आह्वान गरेका छन् । 

शनिबार नुवाकोट काठमाडौं सम्पर्क समिति गठबन्धन दलले गरेको कार्यक्रममा बोल्दै नुवाकोट क्षेत्र नं २ बाट उम्मेद्वार बनेका पूर्व मन्त्रीसमेत रहेका नेता केसीले सो कुरा बताएका हुन् । 

अघिल्लो निर्वाचनमा वाम गठबन्धनलाई दुई तिहाई नजिकको मत दिए पनि दुई दुई पटक संसद बिघटन गरेको र प्रतिपक्षमा पुग्दा संसदमा काम गर्न नदिएकोसमेत उनले बताए । 

‘आन्तरिक द्वन्दको कारण दुई तिहाइको नजिकको प्रधानमन्त्रीले सरकार गर्न नसक्ने’, उनले भने, ‘जुन दिन प्रतिपक्षमा पुग्यो त्यो दिन संसद चल्न नदिने अनि किन एमालेलाई भोट दिने ?’

त्यसैगरी आफूहरुले सबै विचारलाई मिलाएर एक बनाउनका लागि गठबन्धन गरेको नेता केसीले बताए । 

‘हामी किन अहिले गठबन्धनमा छौं ? भिन्न भिन्न विचार लिएर हामी एक भएका छौं ? हामीले प्राप्त गरेको संविधान जोगाउनको लागि गठबन्धम गरेको हो’, उनले भने । 

२०६२–०६३ सालदेखि गिरिजाप्रसाद कोइराला र पुष्पकमल दाहाल प्रचण्डले हात मिलाएर हस्ताक्षर गरेपछि नै गठबन्धन गरेको नेता केसीले स्मरण गराए । 

लोकतन्त्रवादीहरुको मुख्य उत्वस नै निर्वाचन भएको बताउँदै मनमा भएका सबै मैलोहरुलाई हटाएर निर्वाचनलाई सफल बनाउनेतिर लाग्नु पर्नेमा नेता केसीले जोड दिए । 

‘लोकतन्त्रवादीहरुको लागि निर्वाचन नै सबैभन्दा ठूलो उत्सव हो’, उनले भने, ‘हाम्रा मनभित्र भएका सबै धमिलोहरुलाई हटाउँदै निर्वाचनलाई सफल बनाउनु पर्दछ ।’  

नेता केसीले आगामी निर्वाचनमार्फत सबै वर्ग लिङ्ग जातजातिहरुको प्रतिनिधित्व गर्ने गरी काम गर्नेमा विश्वास ब्यक्त गरे । संसद नै जनताको आवाज बोल्ने संस्था भएको बताउँदै त्यसलाई हत्याउने काम गर्नेहरुलाई आगामी निर्वाचनमार्फत जनताले देखाउने उनले बताए । 

नुवाकोटका दुवै क्षेत्रबाट गठबन्धनका उम्मेद्वारहरुले जितेमा जनमतको कदर गर्दै शिर निहुरिने काम नगर्ने प्रतिवद्दतासमेत नेता केसीले गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ