arrow

गठबन्धनका साझा उम्मेदवारलाई जिताउनुपर्छ : डा भुसाल

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक ६ आइतबार
beduram_bhushal.JPG

काठमाडौं ।  नेकपा (एकीकृत समाजवादी)का महासचिव डा वेदुराम भुसालले जनताको मौलिक अधिकारसहित सिङ्गो प्रणालीको रक्षाका लागि गठबन्धनका साझा उम्मेदवारलाई जिताउनुपर्ने बताएका छन् ।

पार्टीको काठमाडौँ क्षेत्र नं १ ले आयोजना गरेको दसैँ, तिहार, छठ र नेपाल संवत्लगायतका चाडको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रममा डा भुसालले आगामी मङ्सिर ४ गते हुने निर्वाचन प्रतिगमन र अग्रगमनबीचको प्रतिस्पर्धा हुने उल्लेख गर्दै गठबन्धनका साझा उम्मेदवार अग्रगमनका पक्षधर भएको प्रष्ट पारे ।

नेकपा (एमाले)सँग आफूहरूले विद्रोह नगरेको भए संविधानको रक्षा नहुने बताउँदै उनले आफूहरूले त्यस समयमा विद्रोह गरेर प्राप्त उपलब्धिको रक्षा गरेको उल्लेख गरे । महासचिव डा भुसालले स्थानीय निर्वाचनमा मतदाता शिक्षाको अभावकै कारण धेरै मत बदर भएको स्मरण गर्दै त्यसतर्फ ध्यान दिन र मतदाता शिक्षालाई व्यवस्थित गर्नुपर्नेमा जोड दिए ।

आगामी चुनावले पार्टीको शक्ति र हैसियतलाई सुदृढ गर्ने र त्यसका लागि प्रत्यक्षसहित समानुपातिकतर्फ पार्टीको कलम चुनाव चिह्नमा मतदान गर्न अभिप्रेरित गर्दै उनले गठबन्धनका उम्मेदवारलाई जिताउन लाग्न सम्पूर्ण नेता, कार्यकर्ताहरूलाई निर्देशन दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ