arrow

'लुम्बिनी प्रदेशलाई देशकै आर्थिक हब बनाइनेछ'

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक ६ आइतबार
amarsingh-punmagar-lumbini-president-congress.jpg

रोल्पा । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले गौतम बुद्धको जन्मस्थल लुम्बिनी प्रदेशलाई देशकै आर्थिक हब बनाउन सकिने बताएका छन् । 

अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाजको दोस्रो अधिवेशनलाई सम्बोधन गर्दै सभापति पुनले प्रदेश सरकार र सङ्घीय सरकारको साझेदारीमा उपयुक्त गुरुयोजना बनाएर लुम्बिनीको आर्थिक गतिविधिलाई थप चलायमान बनाइनु पर्ने बताए ।

सभापति पुनले गौतम बुद्धको जन्मस्थल लुम्बिनी र यो प्रदेश अन्य प्राकृतिक सौन्दर्यले भरिपूर्ण रहेको बताउँदै यसको प्रचारप्रसार तथा प्रवर्द्धनले पर्यटनको वृद्धि हुनेमा जोड दिए ।

प्रदेश सभा २ रोल्पाका प्रदेश सभा सदस्यका उम्मेदवार समेत रहेका पुनले युवाहरूलाई उद्दममा आकर्षित गर्न राज्यले उद्यम मैत्री वातावरण निर्माण गर्नुपर्ने बताउनु पर्नेमा जोड दिए । कृषिको आधुनिकीकरण र पर्यटन क्षेत्रको विकासले युवाहरूलाई नेपाल मै स्वरोजगार बनाउन सकिने उनले बताए ।

युवाहरू राष्ट्र निर्माणका साझेदार र महत्त्वपूर्ण संवाहक भएकाले युवाहरूको सहभागिता र नेतृत्वले मात्र समृद्ध नेपालको आधारशिला खडा हुने उनको तर्क रहेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ