arrow

दार्चुलामा ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु

logo
प्रकाश चन्द्र भट्ट,
प्रकाशित २०७९ कार्तिक ६ आइतबार
darchula-tractor.JPG

दार्चुला । दार्चुलामा ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । मृत्यु हुनेमा चालक कञ्चनपुरको कृष्णपुर नगरपालिकाको वाणी बस्ने ३५ वर्षीय कल्चु राना र शैल्यशिखर नगरपालिका-५ आगरका २३ वर्षीय सन्तोष डाँगा रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । 

मालिकार्जुनबाट गोकुलेश्वरतर्फ गइरहेको सुपप्र ०१००१ त १४६७ नम्बरको उक्त ट्याक्टर शनिवार बेलुकी शैल्यशिखर नगरपालिका-६ उल्लानीमा दुर्घटना भएको प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए । दुर्घटनामा परी शैल्यशिखर नगरपालिका-५ का २४ वर्षीय सुरेश डाँगा र २८ वर्षीय श्याम डाँगा घाइते भएका छन् । 

घाइते श्याम डाँगा सामान्य उपचारपछि घर फर्किएका छन् भने सुरेश डाँगाको गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । ट्याक्टर सडकबाट करिब ५० मिटर तल खसेको बताइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ