arrow

सन्दीप थप दुई दिन हिरासतमा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक ६ आइतबार
sandeep-lamichhane-arrest.jpg

काठमाडौं ।  राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेलाई जिल्ला अदालत काठमाडौंले थप दुई दिन हिरासतमा राख्न अनुमति दिएको छ । 

अदालतले यही कात्तिक ६ गतेदेखि लागू हुने गरी म्याद थप गरेको हो । अदालतले लामिछानेलाई हिरासतमा राख्नका अनुमति दिएको यो चौथो पटक हो ।
 
प्रहरीले लामिछानेविरुद्धको अनुसन्धान सकेर शुक्रबार जिल्ला सरकारी वकिल कार्यालयमा प्रतिवेदन पेस गरेको छ । तिहार पर्वको बिदा परेका कारण अदालतमा मुद्दा दर्ता भने भएको छैन । 

लामिछानेलाई नाबालिकामाथि जबर्जस्ती करणी गरेको आरोपमा जाहेरी परेपछि न्यायिक हिरासतमा राखिएको छ । प्रहरीले गत असोज २० गते उनलाई अन्तर्राष्ट्रिय विमानस्थलबाटै पक्राउ गरेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ