arrow

लामिछानेमाथि १२ वर्षको कैद सजाय माग 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक ७ सोमबार
sandeep-arrest.jpg

काठमाडौं । नाबालिका बलात्कारको आरोपमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछानेमाथि १२ वर्षसम्म कैद सजाय माग दाबी गरिएको छ  ।  

राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान लामिछानेमाथि नेपाल प्रहरीले १२ वर्षसम्म कैद सजाय माग दाबी गर्दै अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा पेश गरेको छ । 

 लामिछानेलाई मुलुकी अपराध संहिता, २०७४ को दफा २ सय १९ बमोजिम १० देखि १२ वर्षसम्म कैद र पीडितलाई 'यथोचित क्षतिपूर्ति' भराउन प्रहरीले  मागदाबी गरेको छ ।

हाल लामिछानेलाई न्यायिक हिरासतमा राखिएको छ । प्रहरीले गत असोज २० गते उनलाई अन्तर्राष्ट्रिय विमानस्थलबाटै पक्राउ गरेको थियो ।

अनुसन्धानका आधारमा पीडितको उमेर नाबालिग रहेको खुलेको भन्दै प्रहरीले आरोपितलाई सोहीअनुसार कारबाही हुनुपर्ने निष्कर्ष निकालेको छ । अदालतले लामिछानेलाई हिरासतमा राख्नका  हिजो आइतबार चौथो पटक अनुमति दिएको छ । 

प्रहरीले लामिछानेविरुद्धको अनुसन्धान सकेर शुक्रवार जिल्ला सरकारी वकिल कार्यालयमा प्रतिवेदन पेस गरेको छ । तिहार पर्वको बिदा परेका कारण अदालतमा मुद्दा दर्ता भने भएको छैन । अब प्रहरी प्रतिवेदन अध्ययन गरेर सरकारी वकिल कार्यालयले अदालतमा मुद्दा दायरबारे निर्णय लिनेछ ।
 



नयाँ