arrow

केपी ओली बयलगाडा प्रवृत्तिबाट माथि उठ्न नसकेको माधव नेपालको आरोप

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक ७ सोमबार
madhav-kumar-nepal-gathabandhan.jpg
तस्बिर – फाइल ।

काठमाडौं । नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल एमाले अध्यक्ष केपी ओलीविरुद्ध आक्रोश व्यक्त गरेका छन् । बागमती प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सोमबार सम्बोधन गर्दै अध्यक्ष नेपालले एमाले अध्यक्ष ओली बयलगाडा प्रवृत्तिबाट माथि उठ्न नसकेको टिप्पणी गरेका छन् ।

संविधान र राज्यभन्दा माथि आफूलाई ठान्ने ओलीमा  हिटलर प्रवृत्ति देखापरेको आरोप लगाउँदै उनले केही समयमा हिटलरशैलीमै ओलीको अहंकार आफैं समाप्त हुुने बताए ।   

सत्तारुढ गठबन्धनका उम्मेदवारलाई आगामी ४ मंसिरमा हुने निर्वाचनमा निर्वाचित गर्न नसके प्रतिगमनकारीको मनोबल बढ्ने  अध्यक्ष नेपालको भनाइ छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ