arrow

मेस्सी र एमबाप्पेको गोलले पीएसजीको एकतर्फी जित, पुग्यो नकआउट चरणमा 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक ९ बुधबार
psg-messi-mbappe-neymar.jpg

काठमाडौं । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) च्याम्पियन्स लिग फुटबलको नकआउट चरणमा पुगेको छ । समूह चरण अन्तर्गत मंगलबार राति भएको खेलमा मक्काबी हाइफालाई ७–२ ले हराउँदै पीएसजी नकआउट चरणमा पुगेको हो ।

पीएसजीलाई फराकिलो जित दिलाउने क्रममा लियोनल मेस्सी र केलियन एमबाप्पेले समान दुई गोल गरे । त्यस्तै नेयमार र कार्लोस सोलरले एक एक गोल गरे । सिन गोल्डबर्गले आत्मघाती गोल गर्दा पीएसजीले थप फराकिलो जित निकाल्यो । 

हाइफाका लागि दुवै गोल अब्दुलाए सेकले गरे । 

जितसँगै समूह ‘एच’ को पीएसजीले ५ खेलमा ११ अंक जोडेको छ । पीएसजी शीर्ष स्थानमा रहेको छ ।

हाइफा ३ अंक जोडेर पुछारमा रहेको छ । यस समूहबाट बेनेफिका पनि नकआउट चरणमा पुगेको छ । बेनेफिकाले युभेन्टसलाई मंगलबार रातिको खेलमा ४–३ ले हरायो । 

३ अंकको युभेन्टस पनि नकआउट चरणमा पुग्ने सम्भावनाबाट बाहिरिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ