arrow

नेपालगन्जको वीपी चोकमा भीषण आगलागी, दुई पसल जलेर खरानी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक ९ बुधबार
nepal-gung.JPG

नेपालगन्ज । नेपालगञ्जमा गए राती आगलागी भएको छ । वीपी चोक नजिकै नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ११ स्थित जनता ट्रेडर्स र समा फर्निचरमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक क रामप्रसाद घर्तीले जानकारी दिए ।

घर्तीका अनुसार आगलागीबाट जनता ट्रेडर्सको गोदाममा रहेको सिरक डसना तथा समा फर्निचरको गोदाममा रहेका फर्निचरमा क्षति पुगेको छ । जनता ट्रेडर्समा बढी क्षति भएको घर्तीले बताए । गए राती ९ बजेतिर शुरु भएको आगो मध्यराती करिब १२ बजे नियन्त्रणमा आएको घर्तीले बताए ।

जिल्ला प्रहरी कार्यालय, नेपालगन्ज उपमहानगरपालिका र कोहलपुर नगरपालिकाको दमकल, प्रहरी र स्थानीयवासीको सहयोगमा करिब तीन घण्टापछि आगो नियन्त्रणमा लिइएको हो । आगलागीको कारण र क्षतिको विवरण यकिन हुन नसकेको प्रवक्ता घर्तीले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ