arrow

भारतीय विष्फोटले नेपाली बालकको मृत्यु 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक ११ शुक्रबार
darchula.png

दार्चुला । व्याँस गाउँपालिका २  तम्बाकुमा एक बालकको भारतीय विष्फोटले मृत्यु भएको छ । भारतको लखिमपुरस्थित चट्टान फुटाउन प्रयोग गरिएको विष्फोटबाट उछुट्टिएको ढुङ्गा लागेर वडा नम्बर २ दुम्लिङका ९ वर्षीय पवन महराको मृत्यु भएको व्याँस गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष धिरन सिंह बुढाथोकीले जानकारी दिए । 

ती बालक थी भन्ने ठाउँबाट घरतर्फ फर्किरहेका थिए । वडाध्यक्ष बुढाथोकीका अनुसार आज बिहान १० बजेतिर बुवा हिक्मत महराका साथमा छोरा पवन र छोरी घरतर्फ आइरहेका थिए । 

भारततर्फ गर्ग एण्ड गर्ग कम्पनीले चट्टानी भूभाग फुटाल्न विष्फोट गराउँदा घटना भएको बताइएको छ । घटनास्थलमा जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट प्रहरी निरीक्षक राजेश शाहीको नेतृत्वमा प्रहरी खटिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ