- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । ब्रजिलियन फुटबल स्टार नेयमारमाथिको भ्रष्टाचार र ठगी आरोपको मुद्दा खारेज भएको छ । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) बाट व्यवसायिक फुटबल खेल्दै आएका नेयमारलाई स्पेनिस क्लब बार्सिलोनामा अनुबन्ध हुँदा भ्रष्टाचार र ठगी गरेको आरोपमा मुद्दा चलाइएको थियो ।
सन् २०१३ मा ब्रजिलियन क्लब सान्तोसबाट बार्सिलोनामा अनुबन्धित भएका नेयमारविरुद्ध २ वर्षको जेल सजाय र ८.४ मिलियन पाउण्ड जरिवानाको मागसहित मुद्दा दायर गरिएको थियो ।
नेयमारसँगै उनका बाबुआमा, बार्सिलोनाका पूर्व दुई अध्यक्ष जोसेप मारिया बार्टोमेउ र सान्ड्रो रोसेलविरुद्ध समेत मुद्दा दर्ता गरिएको थियो ।
तर अभियोजकहरुले नेयमार विरुद्धको मुद्दा फिर्ता लिने घोषणा गरेका छन् । नेयमार १४ मिलियन पाउण्डमा बार्सिलोनामा अनुबन्धित भएका थिए ।
तर खुलाईएको रकम भन्दा बढीमा सम्झौता भएको आशंका गरिएको छ । नेयमारले पाँच वर्षअघि नै बार्सा छाडिसकेका छन् । उनी पाँच वर्षदेखि पीएसजीमा आवद्ध छन् ।
तर विगतमा गरेको सम्झौताले उनलाई अप्ठेरोमा पार्दै आएको थियो । अब भने नेयमार खुलेर खेल्न सक्ने अनुमान गरिएको छ ।
कतार विश्वकप फुटबलअघि नेयमारको मुद्दा फिर्ता लिइएपछि विश्वकपको सर्वाधिक सफल ब्रजिलले चामत्कारिक प्रदर्शन गर्ने अनुमानसमेत गरिएको छ ।
नेयमार २०१७ मा बार्सिलोनाबाट पीएसजी आएका थिए ।