arrow

प्रधानमन्त्री कप शुरु, पहिलो दिन नै उपाधि दावेदारहरुबीच भिडन्त 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक १३ आइतबार
pm-cup-2079.jpg

काठमाडौं । आजदेखि प्रधानमन्त्री कप एक दिवसीय पुरुष क्रिकेट प्रतियोगिता शुरु भएको छ । नेपाल क्रिकेट संघ क्यानको आयोजनामा कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान र मूलपानी मैदानमा खेल शुरु भएको हो । 

कीर्तिपुर मैदानमा दुवै विभागीय टोलीहरु सशस्त्र प्रहरीको एपीएफ र त्रिभुवन आर्मी क्लब आमने सामने भएका छन् । सशस्त्रले टस जितेर पहिले ब्याटिङ गरिरहेको छ । 

मूलपानीमा नेपाल पुलिस क्लबले बागमती प्रदेशसँग खेलिरहेको छ । टस हारेर पुलिसले ब्याटिङ गरिरहेको छ । 

क्यानका अनुसार विजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछ । सेमिफाइनलमा पुग्ने प्रत्येक टिमले ५० हजार रुपैयाँ पाउने छन् । यस्तै, सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट बलर र ब्याटरले २०–२० तथा इमर्जिङ खेलाडीले १० हजार रुपैयाँ प्राप्त गर्ने क्यानले जानकारी दिएको छ । प्रत्येक खेलका प्लेयर अफ दी म्याचले ५ हजार प्राप्त गर्नेछन् ।

प्रतियोगितामा सात प्रदेश र तीन विभागीय गरी १० टिमको सहभागिता रहने छ । सहभागी १० टिमलाई दुई समूहमा विभाजन गरी लिक कम नकआउट पद्धतिमा प्रतियोगिता हुनेछ ।

समूह ‘ए’मा एपिएफ क्लब, त्रिभुवन आर्मी क्लब, कर्णाली, गण्डकी र सुदूरपश्चिम प्रदेश छन् । समूह ‘बी’मा नेपाल पुलिस क्लब, बागमती, लुम्बिनी, मधेस र प्रदेश १ छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ